Monday, December 23, 2024
Homeकला र साहित्यउर्लाबारीमा आयोजित कार्यक्रम यसरी गजलमय बनाए पूर्वका महिला गजलकारले

उर्लाबारीमा आयोजित कार्यक्रम यसरी गजलमय बनाए पूर्वका महिला गजलकारले

विराटचोकः सामुदायिक विकास मञ्च उर्लाबारीद्वारा सञ्चालित सामुदायिक पुस्तकालयद्वारा आयोजित गजलकारसँग भावनाका रङ शीर्षकमा भएको गजल वाचनमा ५ जना गजलकारले आफ्ना गजल वाचन गर्नुभएको हो ।

महारूद्र शिवालय मन्दिर, उर्लाबारी ६, सूर्य चोकमा भएको कार्यक्रममा झापाको कमल गाँउपालिका निवासी कल्पना आचार्य, झापाको हल्दीबारी निवासी कुमारी चेम्जोङ, झापाको चन्द्रगढी निवासी खगेन्द्रा खुशी, सुनसरीको इनरुवा निवासी राधा सुवेदी र मोरङको उर्लाबारी निवासी मुना आत्रेयले आफ्ना गजल प्रस्तुत गर्नुभएको थियो ।

प्रत्येक गजलकारले पहिलो चरणमा ४ वटा र अन्तिम चरणमा २ वटा गजल वाचन गर्दा कार्यक्रम हलमा उपस्थितहरुले ताली, हुटिङ र ‘वान्स मोर, वान्स मोर’ भनेर उत्साह थपेका थिए । साँझ ७ बजे शुरु भएको कार्यक्रम साढे ९ बजे सकिँदासम्म दर्शकहरुको राम्रो उपस्थिति थियो ।

कार्यक्रममा उर्लाबारीका कलाकार अच्युत अधिकारी, कमला फुयाल र लीला पौडेलले गीत प्रस्तुत गर्नुभएको थियो ।

उर्लाबारी वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै वाचित गजलले राजनीतिप्रति पनि तीखो व्यङ्ग्य गर्न सफल भएको बताउनुभयो ।

स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य र सामुदायिक विकास मञ्चको उद्देश्यको बारेमा आयोजक संस्थाका अध्यक्ष प्रेम बोहोराले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार बालचन्द्र सुब्बा, मिश्र वैजयन्तीका साथै उर्लाबारी आसपासका साहित्यअनुरागीको बाक्लो उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments