विराटचोकः मङ्गलबार बिहान सुन्दरहरैंचा १० मा रहेको बाघझोडा सिमसार क्षेत्रमा सयौँको सङ्ख्यामा मानिस भेला भएका थिए । हातमा विभिन्न औजार बोकेर पुगेका उनीहरुले बाघझोडा क्षेत्रको सफाइ गर्नुका साथै सिमसार क्षेत्रमा थुप्रिएको फोहोर सफा गरेका थिए ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आह्वानमा भेला भएका ३० भन्दा बढी संघसंस्थाका प्रतिनिधि, सुरक्षकर्मीलगायतले सिमसार क्षेत्रको सफाइ गरेका थिए । नगरको मुख्य पर्यटकीय क्षेत्रमा वनभोजको समय आउन लागेको हुनाले सरसफाइ गरिएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।
सरसफाइ कार्यक्रममा जनप्रतिनिधिको भने उपस्थिति थिएन ।