डिपुचोकः विश्व बैंकले निर्माण गर्ने सुन्दरहरैंचाका २ वटा सडकमध्ये महेश्वरमार्ग–लाटीझोडा–डिपु चोकको अन्तिम बिन्दु सुन्दरहरैंचाको वडा नम्बर ५ र ६ जोड्ने मितेरी पुलको हिजो शिलान्यास भएको छ ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले पुलको शिलान्यास गर्नुभएको हो । शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै नगप्रमुख गुरागाईँले सडक र पुलको काम समयमै सम्पन्न हुने बताउनुभयो ।
मितेरी पुल निर्माणका क्रममा कसैको घर भत्काउनुपरेमा त्यस्ता घर अन्य ठाउँमा स्थानान्तरण गरिने डिपु टोल विकास संस्थाका अध्यक्ष मानबहादुर श्रेष्ठले बताउनुभयो । पुल निर्माण हुने स्थानमा सुकुम्बासीका टहरा रहेका छन् ।
शिलान्यास समारोहमा दुवै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, सुन्दरपुर खानेपानी संस्थाका अध्यक्ष, दुवै वडाका टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीलगायतको उपस्थिति थियो ।