Friday, December 5, 2025
Homeफिचरसङ्खुवासभाका विदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक

सङ्खुवासभाका विदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक

विराटनगरः सङ्खुवासभाको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट विजयी मादी नगरपालिकाका पूर्व नगरप्रमुख विदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्त हुनुभएको छ ।

नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार लिङ्थेपलाई नियुक्त गर्नुभएको हो । निवर्तमान प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि प्रमुख सचेतकमा मुख्यमन्त्री कार्कीले लिङ्थेपलाई नियुक्त गर्नुभएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । अधिकारीको राजीनमा स्वीकृतसँगै सो मन्त्रालयको कार्यभार पनि मुख्यमन्त्री कार्कीले नै लिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments