विराटचोकः मंसिर ७ गते कायम भएको अमेरिकी डलरको मूल्यभन्दा २२ पैसा बढेर आज फेरि अमेरिकी डलरले उच्च मूल्यको कीर्तिमानी कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५ रुपैयाँ २२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८२ पैसा रहेको छ । यसअघि गत मंसिर ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ कायम भएको थियो ।
आज एक युरोको खरिददर १४२.३४ रुपैयाँ र बिक्रीदर १४२.९७ रुपैयाँ निर्धारण भएको छ ।