Saturday, January 31, 2026
Homeअर्थकुनै नीतिगत परिवर्तन नभई आयो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

कुनै नीतिगत परिवर्तन नभई आयो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

विराटचोकः शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । सो समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरिएको छैन ।

अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बैंकले जनाएको छ । व्यवसायी, बैंकर र शेयर बजारका लगानीकर्ताले समेत थप लचक नीतिको माग गरिरहेका भए पनि बैंकले कुनै परिवर्तन गरेको छैन ।

मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्नगई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments