Monday, December 23, 2024
Homeफिचरमिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने टाउनबीच भगिनी सम्बन्ध कायम

मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने टाउनबीच भगिनी सम्बन्ध कायम

मधुमल्लाः मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने टाउन सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । गत शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामामा दुई पालिका बीच पूर्वाधार क्षेत्रमा काम गर्ने गरी सो सम्बन्ध कायम भएको हो ।

कार्यक्रममा जापानको तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा, मिनामिताने टाउनका मेयर हिरोयासु कोजोनो तथा जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का कार्यकारी निर्देशक मासासी ओकादा उपस्थित रहेका थिए ।

नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्मा, जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदी, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments