Monday, December 23, 2024
Homeफिचरमोरङका सुन्दरहरैंचा र बेलबारीसहित देशका ५ स्थानीय तह सामाजिक सुरक्षा दिवसमा सम्मानित

मोरङका सुन्दरहरैंचा र बेलबारीसहित देशका ५ स्थानीय तह सामाजिक सुरक्षा दिवसमा सम्मानित

विराटचोकः सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंसिर ११ गते देशभरका ५ वटा स्थानीय तह सम्मानित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सती स्थानीय तहका प्रमुखहरूलाई सम्मान गर्नुभएको हो ।

मोरङको सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं र बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई सम्मानित हुनुभएको हो । त्यसैगरी, स्याङजको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र बर्दियाको बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्का सम्मानित हुनुभएको हो ।

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न थालनी गरेको योगदानका आधारमा ती स्थानीय तहहरूलाई सम्मान गरिएको बताइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments