विराटचोकः अबदेखि चलचित्र हलमा अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने भएको छ । हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढीमा बिक्री गरेको पाइएमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गर्ने भएको हो ।
विभागले एक विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । यस विषयमा सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच छलफल र अन्तरक्रिया भएको जनाइएको छ ।