सलकपुरः २०४५ सालमा स्थापित नेपाल मानव अधिकार सङ्गठनको मोरङ शाखाको नयाँ कार्यसमिति सोमबार मोरङको सुन्दरहरैँचामा सम्पन्न भएको छ । सार्वजनिक पुस्तकालयमा आयोजित भेलाले विदुर सुवेदीलाई जिल्ला सभापतिमा चयन गरेको हो । लामो समयदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील सुवेदी सुकुना बहुमुखी क्याम्पसका सह–प्राध्यापक हुनुहुन्छ ।
भेलाले उपसभापतिमा सुनिलदत्त अधिकारी, सचिवमा पराग ढुङ्गाना, सहसचिवमा राजेश कार्की र कोषाध्यक्षमा उर्मिला शर्मा रिजाललाई चयन गरेको छ । सदस्यहरूमा कृष्णचन्द्र सुवेदी, लोकप्रकाश भट्टराई (जीवन), कुमार खुलाल बस्नेत, गोविन्द बस्नेत, विनोद फुयाल र योगेन्द्र काफ्ले चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मानव अधिकार सङ्गठनका केन्द्रीय उपाध्यक्ष डा. केपी सुवेदीले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो । कार्यक्रमको संयोजन कोशी प्रदेश समिति सहसंयोजक जयबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा झापा जिल्ला सभापति दिनेशकुमार न्यौपाने पनि उपस्थित हुनुहुन्थ्यो ।