काठमाडौंः प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा हिजो दिउँसो दुई बजे निधन भएको छ । उहाँ कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
वि.सं २०४८ सालको आम निर्वाचनमा काठमाडौं उपत्यकामा चुनाव जित्ने उहाँ नेपाली कांग्रेसका एक्लो उम्मेदवार हुनुहुन्थ्यो । काठमाडौं क्षेत्र नं २ बाट निर्वाचन जितेपछि ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुभएको थियो । उहाँले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि निर्वाह गर्नुभएको थियो ।