Monday, December 23, 2024
Homeफिचरदौँतरीबलिया साकोसको पाँचौँ साधारणसभा सम्पन्न

दौँतरीबलिया साकोसको पाँचौँ साधारणसभा सम्पन्न

बलियाः मोरङको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाको ५ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष वस्तीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव रामकुमार कालाखेतीले प्रस्तुत गर्नुभएको थियो ।

सहकारीहरूलाई दिगो र भरपर्दाे बनाउँदै लैजान सहकारीका पदाधिकारीहरूको महत्वपूर्ण भूमिका रहने कार्यक्रमका अतिथि, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व महासचिव घनश्याम खतिवडाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव घनश्याम अधिकारीले पूर्वकै सर्वोत्कृष्ट संस्था भएकाले बचतकर्ताको हकहितका काममा अगाडि बढेर सेवामूलक कार्य गर्न सुझाव दिनुभयो ।

३ करोड १८ लाख ७३ हजार ९०० रुपैयाँ शेयर पूँजी रहेको सो संस्थाको दिगो र भरपर्दाे विकासको लागि नीति र नियमको पालना सुनिश्चित गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडसँग प्रोबिसन सम्झौता पनि साधारणसभाकै दिन भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments