Monday, December 23, 2024
Homeप्रविधिटिकटक भयो नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल

टिकटक भयो नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल

विराटचोकः नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ । टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र मङ्गलबार लिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको हो । टिकटकले तिहार अघि नै दर्ता प्रक्रिया पूरा गरिसकेको थियो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा टिकटक दर्ता गरिएको हो । टिकटकले आधिकारिक रूपमा नेपालमा दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा सघाउने र नेपालको कानून तथा शर्त मान्ने भएको छ ।

हट्यो टिकटकमाथिको प्रतिबन्ध, सामाजिक सञ्जाल सञ्चालनमा यस्ता छन् सरकारका शर्त

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments