विराटचोकः गत वर्षको कात्तिक गतेदेखि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय सरकारले गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले केही शर्तसहित सो प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
अब टिकटकलगायतका सामाजिक सञ्जालले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । हरेक सामाजिक सञ्जाल अब ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचीकरण गरी दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ ।
सामाजिक सञ्जालका सञ्चालनका लागि सरकारले थप चार शर्त राखेको छ । पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने तथा नेपाली वा नेपालका मातृ भाषाहरु फिल्टरिङ तथा मोडरेसनको सुनिश्चितता गर्नुपर्छ ।