विराटचोकः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । अमेरिकी डलरको भाउले हिजोको उच्च मूल्यको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ बिक्रीदर १३५ रुपैयाँ १६ पैसा र खरिददर १३४ रुपैयाँ ५६ पैसा छ । अघिल्लो दिनको तुलनामा डलरको भाउ २८ पैसाले बढेको हो । हिजो १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८८ पैसा र खरिददर १३४ रुपैयाँ २८ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा र खरिद दर १७३ रुपैयाँ २० पैसा रहेको छ ।