Monday, December 23, 2024
Homeकला र साहित्यविष्णु भण्डारी आचार्यको ‘बकसपत्र’ सार्वजनिक

विष्णु भण्डारी आचार्यको ‘बकसपत्र’ सार्वजनिक

बेलबारीः मोरङको बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको चौथो कृति ‘बकसपत्र’ सार्वजनिक भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्च चितवनको आयोजनामा भएको कार्यक्रममा सो कृतिको लोकार्पण भएको हो ।

भाषाविद् प्राडा चूडामणि बन्धु प्रमुख अतिथि रहेको कार्यक्रममा कथाकार भण्डारीका साथै अन्य २५ जना विभिन्न स्रष्टाका लघुकथा सङ्ग्रहहरूको एकमुस्ट रूपमा लोकार्पण गरिएको थियो । कार्यक्रममा पुष्कर लोहनी, आनन्द कार्की, ध्रुव मधिकर्मी, डा. विदुर चालिसे, नन्दकृष्ण जोशी, ललिता दोषीलगायतका वरिष्ठ लेखक तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

२५ वर्षसम्म शिक्षण गरेर २०७६ सालदेखि निवृत्त जीवन यापन गरिरहेकी उनले साठीको दशकबाट कलम चलाउन शुरु गरेकी थिइन् । उनका मान्छेको भीडभित्र (कविता सङ्ग्रह) –२०७२, फेसबुक आइडी (लघुकथा सङ्ग्रह) –२०७८, उघ्रेको आकाश (कथासङ्ग्रह) –२०७९ प्रकाशित भइसकेका छन् ।

लोकार्पित भएका लघुकथा कृतिहरूमा-
१. घनश्याम डल्लाकोटी कृष्णजी शर्माकृत ‘महाकम्प’
२. यमुना प्रधानाङ्ग मुनाकृत ‘उपहार’
३. वसन्त अनुभवकृत ‘नेपाली नस्ल’
४. मीठूकुमारी पाठककृत ‘सुन्दरी’
५. श्रीकृष्ण पौडेलकृत ‘लोपाञ्जन’
६. कर्ण दयालकृत ‘दोपानी’
७. होमप्रसाद नेउपानेकृत ‘प्रयोगशाला’
८. सुरेशकुमार पाण्डेकृत ‘जेईको सम्झना’
९. अवधेश सिंहकृत ‘मरजाद’
१०. म्यामराज राईकृत ‘बुन्छत’
११. कुमार काफ्लेकृत ‘सपना कतिपय’
१२. ज्यो.नानी बिवुकृत ‘इज्जत’
१३. विष्णु पन्थीकृत ‘भेटी’
१४. मुक्ति गौतमकृत ‘चाक चारब्रा’
१५. विष्णु भण्डारी आचार्यकृत ‘बकसपत्र’
१६. अनुग्रह राना मगर पुष्पकृत ‘तमासा’
१७. राजन ग्याल्दाङ घलेकृत ‘मारुनी’
१८. रञ्जुश्री पराजुलीकृत ‘विभीषिका’
१९. विजय चालिसेकृत ‘हात्तीको दाँत’
२०. गङ्गा कर्माचार्य पौडेलकृत ‘अखबार’
२१. लक्ष्मी रेग्मी खनालकृत ‘अन्त्य’
२२. गुप्तबहादुर श्रेष्ठकृत ‘थेरापी’
२३. भूमिका गैरे तिमिल्सिनाकृत ‘नमस्ते’
२४. डा.विदुर चालिसेकृत ‘शताब्दम् महाशक्ति’
२५. गोपाल अश्ककृत ‘लघुकथा प्रक्रिया र पाठ’
२६. लघुकथाको सुगन्ध अङ्क ६ रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments