Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

सलकपुरः सामाजिक क्रियाकलापमा पनि उत्तिकै संलग्न हुँदै आएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले नेपालीका चाडहरू तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ ।

बुधबार सुन्दरहरैंचा ८ सलकपुरमा रहेको खेल मैदानमा भएको कार्यक्रममा उद्योगी, व्यवसायीका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्योग वाणिज्य संघका पूर्व प्रतिनिधि, वर्तमान तथा पूर्व जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सामाजिक सद्भाव कायम गर्न यस्ता चाडबाड सहयोगी हुने बताएका थिए । कार्यक्रममा सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा देउसी खेलेर रमाइलो गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments