Monday, December 23, 2024
Homeधर्म र संस्कृतिबुढी खोलामा छठ पर्वको तयारी शुरु

बुढी खोलामा छठ पर्वको तयारी शुरु

इटहरीः तिहार सकिएलगत्तै बुढीगंगा जमुना मुक्तिघाटमा छठ पर्वको तयारी शुरु भएको छ । बुढीगंगा मुक्तिघाटमा इटहरी उपमहानगर र सुन्दरहरैंचा नगरपालिकाका करिब २ लाख भक्तजनको सहभागिता रहने अनुमान गरिएको आयोजक छैठ पर्व सेवा समितिले आज छठ पूजास्थलमा पत्रकार सम्मेलन गरी जनाएको छ ।

पर्व मनाउने क्रममा भोलि कात्तिक २० गते बिहान ८ बजे इटहरीस्थित राधाकृष्ण मन्दिर अगाडिबाट कलश शोभायात्रा गरिने छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार चौधरीले बताउनुभयो । हाल पूजाका लागि बुढी खोला र छठ पर्व मनाउन जाने बाटो सजाउने काम भइरहेको छ ।

आयोजकका अनुसार खोलाको दुवै किनार इटहरी र सुन्दरहरैंचामा गरी ६ सय छठ घाट निर्माण हुने भएका छन् । हालसम्म ५०० घाटको बुकिङ भइसकेको बताइएको छ । हाल पानीको बहाव एकतर्फी बनाउने र जमिन सम्याउने कामसँगै छठ घाट निर्माणलाई तीव्रता दिइएको छैठ पर्व सेवा समितिका सचिव मुकेशकुमार चौधरीले जानकारी दिनुभयो ।

यस वर्षका लागि छठ पर्व सम्पन्न हुन २६ लाख २० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ४ र ५ तथा इटहरी उपमहानगरपालिकाको वडा नम्बर ६ र ८ का वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments