Tuesday, December 24, 2024
Homeफिचरउपनिर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेद्वार उठाउनुपर्ने

उपनिर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेद्वार उठाउनुपर्ने

विराटचोकः मंसिर १६ गते हुने उपनिर्वाचनमा निर्वाचन आयोगले प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुने गरी मनोनयन दर्ता गराउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

बिहीबार आयोगले आज विज्ञप्ति निकालेर रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेद्वार रहने गरी मनोनयन पत्र पेश गर्न निर्देशन दिएको हो ।

अब राजनीतिक दलहरूले नलगाढ नगरपालिका, गौरीशङ्कर गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउनुपर्ने भएको छ । कीर्तिपुर नगरपालिका, ग्रामथान गाउँपालिका र महाबु गाउँपालिकाको प्रमुख पदमा भने महिला वा पुरुष जसलाई पनि उम्मेद्वार बनाउन मिल्ने भएको छ । किनभने यी तीनवटै पालिकामा उपप्रमुख महिला छन् ।

संविधान र कानूनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न बसेको बैठकले यस्तो निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै उपचुनावका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

आयोगका अनुसार पालिकामा रिक्त रहेका ४० वटा पदमा उपचुनाव हुँदैछ । ३ वटा पालिकामा प्रमुख र ३ वटा पालिकामा उपप्रमुख तथा बाँकी स्थानमा वडाध्यक्षको पद खाली रहेको छ ।

यी हुन् उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहहरू

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments