Tuesday, December 24, 2024
Homeफिचरक्रसर व्यवसायी महासंघको महाधिवेशन बर्दिबासमा कात्तिक ३० गते

क्रसर व्यवसायी महासंघको महाधिवेशन बर्दिबासमा कात्तिक ३० गते

बर्दिबासः क्रसर, बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता सङ्गठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको १० औं तथा ११ औं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ ।

महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने महासंघले जनाएको छ । महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति अब्दुल खान, मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू, साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहने महासंघले जनाएको छ ।

महाधिवेशनमा देशभरिबाट ७ सय ८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरू सहभागी हुनेछन् । महाधिवेशनले आगामी तीन वर्षका लागि नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको स्थापना २०७० सालमा भएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments