Monday, December 23, 2024
Homeकला र साहित्यगजल महफिलमा यसरी गुञ्जिए नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ

गजल महफिलमा यसरी गुञ्जिए नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ

खेमचन्द्र अधिकारी
विराटचोकः नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले शनिबार मोरङको सुन्दरहरैंचाको विराटचोकमा उपस्थित गजल पारखीलाई आफ्नो स्वरमा गाइएका गजलद्वारा मन्त्रमुग्ध बनाउनुभयो । सुमधुर स्वरमा उहाँले गजल गायन गर्दा सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा उपस्थित करीब २ सय दर्शकले पनि श्रेष्ठको स्वरमा स्वर मिलाएर गाएर साथ दिएका थिए ।

सङ्गीतकर्मी चण्डी राई, टेकराज मगर, आइतराज लिम्बूलगायतको वाद्यवादनका साथमा आफैँले हारमोनियम बजाउँदै उहाँले गाउनुभएका गजल सुनेर उपस्थित स्रोताले रात परेको पनि पत्तो पाएका थिएनन् । आफूले रचना गरेका गजलका साथै प्रतिष्ठानका कानुनी सल्लाहकार आँचलकुमार शर्मा, मोरङका गजलकार छवि वैरागी घिमिरे, सुनसरीका गजलकार राज भट्टराई, जीवन काश्यप, घनश्याम पथिक लगायतले रचना गर्नुभएका गजल उहाँले गाउनुभएको थियो ।

श्रेष्ठ बिहीबारदेखि नै सुन्दरहरैंचाको विराटचोकमा आइपुग्नुभएको थियो । राइडर्स महफिलको आयोजनामा शनिबार विराटचोकमा हुने गजल महफिलमा सहभागी हुन आउनुभएका उहाँले शुक्रबार अलङ्कार कला केन्द्र बेलबारीका सङ्गीतकर्मीसँग आफूले गाउने गजलको सङ्गीतको बारेमा जानकारी दिई रिहर्सल गरेर शनिबारका लागि तयार हुनुभएको थियो ।

गजल महफिलमा मोरङका गजलकार युवराज ठकुरी र झापाकी गजलकार सिन्धु निरौलाले पनि आफ्ना पाँचपाँचवटा गजल वाचन गर्नुभएको थियो । गजलकारद्वयको गजल सुनेपछि उपस्थित गजल पारखीले तालीका साथमा बारम्बार ‘वान्स मोर, वान्स मोर’ को हुटिङ गरेका थिए ।

कार्यक्रममा गणेशाबाबु अधिकारीको उपन्यास ‘रेजा’सँग सम्बन्धित रहेर डा. अस्मिता बिष्टले परिचर्चा गर्नुभएको थियो ।

साहित्यका विवेक विवश रेग्मीले सहजीकरण गर्नुभएको कार्यक्रम भानु साझा पुस्तकालय सुन्दरहरैंचाका अध्यक्ष पुरन राईको अध्यक्षतामा भएको थियो ।

विराटचोकमा भयो गणेशबाबु अधिकारीको उपन्यास ‘रेजा’माथि विमर्श

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments