विराटचोकः आज पनि तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउले नयाँ उच्च मूल्यको रेकर्ड कायम गरेको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । योसँगै हिजोको उच्च मूल्यको रेकर्ड तोडिएको हो । हिजो आइतबार कायम भएको उच्च मूल्यको रेकर्ड तोडिएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदीको भाउ भने स्थिर रहेको थियो ।