Tuesday, December 24, 2024
Homeफिचर२४०० को लाइनमा नेप्से, बजार पूँजीकरण ४० खर्बभन्दा कम

२४०० को लाइनमा नेप्से, बजार पूँजीकरण ४० खर्बभन्दा कम

विराटचोकः लगातार बजार घट्ने क्रमले निरन्तरता पाएसँगै नेप्से परिसूचक २५ सय विन्दुबाट तल ओर्लिएको छ । फाइनान्स समूहमा सर्वाधिक गिरावट आएको दिन आज नेप्से परिसूचक २ दशमलव ३३ प्रतिशत अर्थात ५८ दशमलव ९३ अंकले घटेर २ हजार ४७०.३९ विन्दुमा अडिएको हो ।

आज ३०९ वटा कम्पनीको ७७ हजार २६४ पटकको कारोबारमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिएको दिन आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक १८ करोड ४१ लाख ७६ हजार ७६ रुपैयाँको शेयर किनबेच भएको छ । सानिमा रिलायन्स, हिमालयन रि इन्स्योरेन्स, अपि पावर र सानिमा माइ हाइड्रो उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

आज स्वरोजगार लघुवित्तको शेयरमूल्य सर्वाधिक ८ दशमलव ८१ प्रतिशतले बढ्दा अपर स्याङ्गे हाईड्रो, ईङ्वा हाईड्रो उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।

आज हिमालयन हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्दा नेपाल फाइनान्स, बृद्धभूमि नेपाल हाईड्रो, श्वेत गंगा हाईड्रो उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण पनि ४० खर्बबाट झरेको छ । आज समग्र बजार पूँजीकरण ३९ खर्ब २८ अर्ब १२ करोड १६ लाख ९१ हजार ९९० रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments