काठमाडौंः आफ्नो जन्मदिनमा अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वती कार्कीको उपचारको क्रममा बिहीबार पाटन अस्पतालमा निधन भएको हो ।
विभिन्न दीर्घरोगबाट पीडित कार्कीको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो ।