हेटौंडाः मकवानपुरको मनहरी ६, प्रतापपुरमा बलबहादुर राई राईको गोठमा बाँधेको भैँसीले आफूलाई आक्रमण गर्न आएको बाघलाई मारेको छ ।
मृत बाघको पोस्टमार्टम गर्दा सो बाघ पहिलेदेखि नै घाइते भएको, बाघको घाउमा कीरा परेको तथा दुई सातादेखि भोको रहेको खुलेको हो । घाइते र कमजोर बाघले भैंसीलाई अक्रमण गर्दा प्रतिकारको क्रममा बाघको टाउकोमा रहेको घाउमा भैंसीको सिङले थप चोट दिँदा बाघ मरेको अनुसन्धान टोलीले बताएको छ ।
दाम्लोमा बाँधेको भैंसीले मध्यरातमा बाघ मारेपछि यो घटना सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।