विराटचोकः आज शेयर बजारमा २ घण्टामा १३ अर्ब ५ करोड ३७ लाख ५ हजार २० रुपैयाँको कारोबार भएको छ । बजार खुल्नासाथ २८०० को लाइन पार गरेको नेप्सेले ३ पटक सो बिन्दु पार गर्दै तल झर्दै गरेको थियो ।
११ बजेर २ मिनेट ११ मिनेट र १९ मिनेटमा २८०० को बिन्दु पार गर्दै २८०० मुनिको लाइनमा झरेको नेप्से १२ बजेदेखि उकालो लाग्दै २८४६ सम्म पुगेको थियो ।
अहिले १ बज्दा नेप्से २८३८ मा पुगेको छ ।
बजारमा उतारचढाव हुँदा धेरै रुपैयाँको शेयर कारोबार भएको हो । अहिलेसम्ममा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ९९ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।
४ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ भने २ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेको छ ।
यसअघि साउन १७ गते २ घण्टामा १० अर्ब ८१ करोड रुपैयाँको तथा साउन ३ गते ९ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो । आज २ घण्टाको अवधिमा ती दिनको भन्दा धेरै कारोबार भएको हो ।
सम्बन्धित समाचारहरुः
२ घण्टामा १० अर्ब ८१ करोडको शेयर कारोबार
शेयर बजारमा उतारचढाव, २ घण्टामा सवा ९ अर्ब रुपैयाँको कारोबार