विराटचोकः आज शेयर बजारमा २ घण्टामा १० अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । उतारचढाव भइरहेको हुनाले कारोबार रकम पनि उल्लेख्य रुपमा बढिरहेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३२ करोड ८६ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ ।
२८०० माथि पुगेको नेप्सेमा बिक्रीकर्ताले दबाब बढाइदिँदा नेप्से २७८८ मा झरेको छ ।
आज शेयर बजारमा एक घण्टामा ५ अर्ब ९६ करोड ४६ लाख ८३ हजार ६४४ रुपैयाँको शेयर कारोबार भएको थियो ।
एक घण्टामा झण्डै ६ अर्बको शेयर कारोबार