विराटचोकः साताको अन्तिम कारोबार दिन आज शेयर बजार २ दशमलव ५२ प्रतिशत अर्थात् ५९ दशमलव ६८ अंकले बढेर २४२४ दशमलव ३२ अंकमा अडिएको छ । आज सबैभन्दा धेरै बैंकिङ समूह ६ दशमलव २८ प्रतिशतले बढेको छ ।
उतारचढावका बीच शेयर कारोबार हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको ४२ करोड ४६ लाख ८३ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना, ङादी ग्रुप पावर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र कुमारी बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
आज नेप्सेमा सूचीकृतमध्ये ३१२ वटा कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर १ लाख ८४ हजार ७१२ पटक किनबेच भएको छ ।
२०७८ भदौ ८ पछि आज उच्च कारोबार भएको बताइएको छ । भोलि मौद्रिक नीति सार्वजनिक हुने र त्यसमा शेयर बजारको सुधारका लागि राम्रै सम्बोधन हुने अपेक्षाका साथ लगानीकर्ताले लगानी बढाएको अनुमान गर्न सकिन्छ ।
आज बैंकिङ समूह ६.२८ प्रतिशत, लघुवित्त २.७७ प्रतिशत, अन्य २.३० प्रतिशत विकास बैंक समूह १.३१ प्रतिशत, जीवन बीमा १.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१७ प्रतिशत, निर्जीवन बीमा १.०५ प्रतिशत, होटल १.०४ प्रतिशत, लगानी समूह ०.८९, सामूहिक लगानी कोष ०.८९ प्रतिशत र व्यापार समूह ०.४६ प्रतिशतले बढेका छन् । वित्त समूहमा १ दशमलव २७ प्रतिशतले गिरावट आएको छ भने जलविद्युत समूह स्थिर रहेको छ ।
आज ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कुमारी बैंक र प्रभु बैंकको शेयरमूल्य पनि १० प्रतिशत हाराहारी बढेको छ ।
आज सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक अर्थात ४ दशमलव ५७ प्रतिशतले घटेको छ । गुह्येश्वरी मर्चेन्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्सलगायतको शेयरमूल्य घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३८ खर्ब ४६ अर्ब ६९ करोड ७६ लाख १२ हजार ६२७ रुपैयाँ कायम भएको छ ।
शेयर बजारमा उतारचढाव, २ घण्टामा सवा ९ अर्ब रुपैयाँको कारोबार
एक घण्टामा ४ अर्ब ७ करोडको शेयर कारोबार, बजार सूचक २४०० को लाइनमा