विराटचोकः आज शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । जसका कारण शेयर बजारमा पनि राम्रो कारोबार भएको छ । १ घण्टामा नै ४ अर्ब ७ करोड ७८ लाख ५५ हजार २४० रुपैयाँको शेयर कारोबार भएको छ । बजार ३५ अंक बढेर २४०० को बिन्दुमा अडिएको छ ।
प्रि ओपनमा झण्डै ९ अंकले बढेको बजार त्यसपछि लगातार उकालो लाग्दै बजार खुलेको चौथो मिनेटमै २० अंकसम्म बढ्यो । त्यसपछि ओरालो लागेको बजार ११ बजेर १६ मिनेट जाँदासम्ममा हिजोको भन्दा ८ अंक तल झर्याे । त्यसपछि उकालो लागेको बजार हिजोको भन्दा ४० अंक सम्म बढेर २४०६ सम्म पुग्यो । २४०० को बिन्दुमा केही बेर अडिएपछि ओरालो लागेको बजार २० अंक घटेर केही बेर अडियो ।
यसरी उतारचढाव हुँदा कारोबार संख्या उल्लेख्य रुपमा बढेको हो । २ प्रतिशत बढेर बेच्न राखेका कम्पनीका हजारौँ कित्ता बजार बढ्दा बिक्री भए भने कम्पनीको बजार मूल्यभन्दा २ प्रतिशत तल किन्न राखेका अर्डरका लागि पनि बिक्रेताले हजारौँ कित्ता शेयर पाए । जसका कारण कारोबार रकम बढ्न पुगेको हो ।
सबैभन्दा धेरै शेयर साइन डेभलपमेन्ट बैंकको भएको छ । त्यसपछि ङादी ग्रुप, आँखुखोला जलविद्युत कम्पनी, सिइडीबी हाइड्रो र अरुण भ्याली हाइड्रो उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।