काठमाडौंः गौशालामा रहेको द्वारिकाज ग्रुप अफ होटल एण्ड रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ ।
उहाँले ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल(टान)को संस्थापक अध्यक्ष पनि भएर काम गर्नुभएको थियो ।
उहाँलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो । चार वर्षअघि क्यान्सरमुक्त हुनुभएकी श्रेष्ठ विगत २ महिनादेखि निमोनियाको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ ।
श्रेष्ठका पति र छोराको निधन भइसकेको छ । उहाँका दुई छोरी हुनुहुन्छ ।