Monday, January 19, 2026
Homeखेलकुदराष्ट्रिय जागृति (राजा) फुटबल क्लब गछिया गोल्डकपको सेमीफाइनलमा

राष्ट्रिय जागृति (राजा) फुटबल क्लब गछिया गोल्डकपको सेमीफाइनलमा

गछियाः मंसिर १५ गतेदेखि गछिया युवा समाजद्वारा सञ्चालित एनि प्रथम गछिया गोल्डकप–२०८२ को चौथो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लब इटहरीले दमक फुटबल क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो गछिया खेलमैदानमा भएको खेलको पहिलो हाफको १३ औँ मिनेटमा राष्ट्रिय जागृति क्लबका जर्सी नम्बर १८ का प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए । दोस्रो हाफको ३९ औँ मिनेटमा जर्सी नम्बर १० का योगेन्द्र कार्कीले थप गोल गरेका थिए ।

दोस्रो गोल गर्ने कार्कीलाई खेलको ‘म्यान अफ द म्याच’ घोषित गरी नगद ५ हजार १ सय प्रदान गरियो ।

आजको पहिलो सेमीफाइनल खेल सलहेश फुटबल क्लब सिरहा र गाईघाट युनाइटेड फुटबल क्लबबीच दिउँसो २ बजे खेल हुनेछ ।

गोल्डकप विजेताले २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’ले २५ हजार तथा उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ११ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद ५ हजार १०० रुपैयाँ पाउनेछन् ।

भोलिको खेल आयोजक गछिया युवा समाज र हिजोको खेलको विजेता राष्ट्रिय जागृति क्लबबीच हुनेछ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments