Monday, January 19, 2026
Homeफिचरइन्द्रपुर जेसीजद्वारा जेसीज भिलेजमा निर्मित थप ५ घर हस्तान्तरण

इन्द्रपुर जेसीजद्वारा जेसीज भिलेजमा निर्मित थप ५ घर हस्तान्तरण

विराटचोकः इन्द्रपुर जेसीजले आफ्नो महत्वपूर्ण दीर्घकालीन योजनाको रुपमा अघि सारेको जेसीज भिलेज निर्माण योजनाअन्तर्गत निर्माण भएका थप ५ घर हिजो हस्तान्तरण गरेको छ ।

इन्द्रपुर जेसीजले सन् २०२१ देखि सञ्चालनमा ल्याएको जेसीज भिलेज परियोजना सरकारी जग्गामा निर्माण गरिएको छ । इन्द्रपुर जेसीजका वर्तमान अध्यक्ष आकाश दुलालको विशेष पहल र सक्रियतामा यस पटक ५ घर हस्तान्तरण भएका हुन् । गत वर्ष एउटा घर हस्तान्तरण भएको थियो । परियोजना सन् २०२७ सम्म रहने इन्द्रपुर जेसीजले जनाएको छ ।

सुन्दरहरैंचाको वडा नम्बर १ मा रहेको बानडाँडालाई अब जेसीज भिलेज नामकरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले पनि जेसीजको नाम जोडेर सो ठाउँको नामकरण गर्न सुझाव दिनुभयो ।

घर हस्तान्तरण समारोहको सभापतित्व इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव अजित वान्तवाले गर्नुभएको थियो । कार्यक्रमको औचित्यमाथि निर्मल अधिकारीले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमलाई इन्द्रपुर जेसीजका संस्थापक अध्यक्ष कृष्णबाबु ढकाल, पूर्व अध्यक्ष कृष्णप्रसाद ओझा, बोर्ड अफ ट्रष्टिजका अर्जुन बस्नेत, हरुले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा जेसीज भिलेज निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments