विराटचोकः प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त हुनुभएको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री दाहाल पदमुक्त हुनुभएको हो ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत माग्दा दाहालको पक्षमा ६३ मत परेको थियो । मत दिन्नँ भन्नेमा १ मत र विपक्षमा १९४ मत परेको थियो ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।
आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा समाजवादीका सांसदले दाहालको पक्षमा मतदान गरेका थिए ।