Friday, December 5, 2025
Homeफिचरसुनको भाउ हालसम्मकै उच्च, एक तोलाको दाम १ लाख ४६ हजार ७...

सुनको भाउ हालसम्मकै उच्च, एक तोलाको दाम १ लाख ४६ हजार ७ सय रुपैयाँ

विराटचोकः आज सुनको भाउले उच्च मूल्यको रेकर्ड कायम गरेको छ । सुनको भाउ आज तोलामा १ हजार ८ सय रुपैयाँ बढेर तोलाको १ लाख ४७ हजार ७ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर १ हजार ९ सय पुगेको छ । यसअघि आइतबार सुनको मूल्य उच्च बिन्दुमा पुग्दा तोलाको १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रति तोला १ लाख ४६ हजार रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments