Tuesday, December 24, 2024
Homeफिचरआज भानुजयन्ती

आज भानुजयन्ती

विराटचोकः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

उहाँले सरल नेपाली भाषामा अनुवाद गरेको रामायण नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको भनी उच्च सम्मान दिइन्छ ।

वि.सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तले रामायणका साथै ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, का साथै फुटकर कविता लेख्नुभएको थियो । सरकारले आचार्यलाई राष्ट्रिय विभूतिको सम्मान दिएको छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमका साथै भुटान, बर्मालगायत नेपालीभाषी रहेका अन्य देशमा पनि मनाइन्छ ।

आदिकवि आचार्यको निधन वि.सं. १९२५ असोजमा भएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments