Tuesday, December 24, 2024
Homeफिचरकेराबारीको खानेपानीका लागि एडीबीमार्फत् १ अर्ब रुपैयाँ विनियोजन

केराबारीको खानेपानीका लागि एडीबीमार्फत् १ अर्ब रुपैयाँ विनियोजन

केराबारीः मोरङको केराबारीमा १ अर्ब रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालन हुने भएको छ । शहरी खानेपानी आयोजना अन्तर्गत एशियाली विकास बैंकमार्फत् १ अर्ब रुपैयाँको बजेट विनियोजन भएको हो ।

आयोजनाका लागि एक वर्ष अघि नै राजनीतिक दल र जनप्रतिनिधिहरूले २ अर्ब रुपैयाँको अनुमानित योजना पेश गरेका थिए । गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले यो बजेट केराबारीका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो बजेट भएको बताउँदै सामाजिक सञ्जालमार्फत् खुशी व्यक्त गर्नुभएको छ ।

यो आयोजनाले केराबारीको वडा नं. ३, ७, ८, ९ र १० को अधिकांश भूभाग समेट्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments