काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिने हुनुभएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत लिने हुनुभएको हो ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।