Tuesday, December 24, 2024
Homeफिचरअसार २० सम्म वर्षाको सम्भावना, ३४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह, कोशी...

असार २० सम्म वर्षाको सम्भावना, ३४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह, कोशी प्रदेश उच्च जोखिममा

तस्बिर स्रोत: जल तथा मौसम विज्ञान विभाग

विराटचोकः असार २० गतेसम्म भारी वर्षा हुने र सबैभन्दा बढी कोशी प्रदेश प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुनेमा कोशी प्रदेशका उदयपुरबाहेक बाँकी १३ जिल्ला परेका छन् । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ । २६ जिल्लामा मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा तथा बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्ला, गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्ला तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व अति जोखिममा रहेका छन् ।

विभागका अनुसार असार १७ गते सोमबारदेखि असार २० गते बिहीबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments