केराबारीः आइतबार केराबारी गाउँपालिका वडा नम्बर ८ को सार्वजनिक सुनुवाइ हजारबिघे सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।
सुकुना मिडिया एण्ड सर्भिस प्रालि सुन्दरहरैंचाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाको वडाध्यक्ष कमलकुमार बस्नेत, वडा सदस्य राजनकुमार थापा, वडा सचिव विमला पौडेललगायतले जवाफ दिनुभएको थियो ।