लेटाङः मोरङको लेटाङ नगरपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ शुक्रबार लेटाङ २ मा रहेको लक्ष्मी सेवा समाजको सामुदायिक भवनमा सम्पन्न भएको छ । नगरले गत फागुनमा लेटाङ ८ जाँतेमा चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ गरेको थियो ।
लेटाङका सबै क्षेत्रका नगरवासीलाई सहज होस् भनेर विभिन्न ठाउँमा सार्वजनिक सुनुवाइ गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, विभिन्न शाखाका प्रमुखहरु, विभिन्न वडाका वडाध्यक्षहरुलगायतले जवाफ दिनुभएको थियो ।