मिर्चैयाः सिराहाको मिर्चैया नगरपालिकाले आधारभूत तहको विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०८१\०८२ को नीति सार्वजनिक गर्दै नगरले सो जानकारी दिएको हो ।
त्यस्तै, मावि तहका विद्यालयमा निःशुल्क कोेचिङ र ट्युसन कक्षा सञ्चालन गर्ने नीति लिएको छ । किसान कार्डको व्यवस्था, निःशुल्क कृषि विद्युतीकरणको पनि घोषणा गरिएको छ ।
नगर अस्पतालमा प्रसूति गराउनेलाई थप पोषण आहारको व्यवस्था गरिने तथा नगर क्षेत्रभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
तेस्रो सन्तान जन्माउनेलाई १० हजार पुरस्कार दिने भीमेश्वर नगरपालिकाको नीति