गोठगाउँः विश्वको वायु प्रदूषण गुणस्तर सूचक आइक्युएअर डट कमका अनुसार आज बिहान साढे ४ बजे सबैभन्दा प्रदूषित शहरको रुपमा डेमोक्रेटिक रिपब्लिकको किङ्सासा रहेको छ । दोस्रो प्रदूषित शहर कुबेतको कुबेत र तेस्रो प्रदूषित शहर पाकिस्तानको लाहोर रहेको छ । नेपाल ८८ औँ स्थानमा छ ।
आइक्युएअर डट कमका अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अहिले बिहान साढे ४ बजे किङसासाको २१४, कुबेतको १८६ र लाहोरको १५७ रहेको छ । नेपालको काठमाडौंको एक्युआइ सूचक ३३ रहेको छ ।
मनसुन भित्रिएपछि नेपालको एक्युआइ सूचकमा सुधार देखिएको छ । कुनै बेला विश्वको सबैभन्दा प्रदूषित शहरको रुपमा काठमाडौं रहँदा काठमाडौंको एक्युआई सूचक २०० भन्दा माथि पुगेको थियो । हाल काठमाडौंको एक्युआई सूचक निरन्तर १०० भन्दा तल छ ।
यो इण्डेक्स दिनभर एउटै रहँदैन । प्रत्येक मिनेटमा तलमाथि भइरहन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्युआई सम्मलाई सामान्य मानिन्छ ।
यस्तो छ आज बिहान साढे ४ बजेको एक्युआई सूचकाङ्क