Tuesday, December 24, 2024
Homeसमाचारतेस्रो सन्तान जन्माउनेलाई १० हजार पुरस्कार दिने भीमेश्वर नगरपालिकाको नीति

तेस्रो सन्तान जन्माउनेलाई १० हजार पुरस्कार दिने भीमेश्वर नगरपालिकाको नीति

भीमेश्वरः दोलखाको भीमेश्वर नगरपालिकाले ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान– उज्यालो भविष्य’ कार्यक्रममार्फत् तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने भएको छ ।

साउन १ गतेबाट लागू हुने गरी तेस्रो सन्तानका रूपमा जन्मिने नवजात शिशुको नाममा बैंक खाता खोलेर १० हजार रुपैयाँ प्रोत्साहनस्वरूप जम्मा गर्ने नीति नगरले लिएको हो ।

जिल्लामा जन्मदर घट्नु, बसाइँसराइँ बढेर बस्ती रित्तिनुका साथै विद्यालय विद्यार्थीविहीन बन्न थालेपछि सन्तान वृद्धिका लागि प्रोत्साहन अभियान शुरु गरिएको नगरले जनाएको छ ।

वि. सं. २०७८ को जनगणनाअनुसार भीमेश्वरको जनसङ्ख्या ३४ हजार ७ सय ११ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments