गोलबजारः सिराहाको गोलबजार नगरपालिकाले दलित, विपन्न र असहायलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । दलित समुदायका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिने नीति पनि लिएको छ ।
दलित, विपन्न र असहायलाई नागरिकता बनाउन सिफारिशसहित जिल्ला प्रशासन जान–आउन, खाना, खाजा, बसभाडा नगरले व्यहोर्ने भएको छ । त्यस्ता परिवारको मृत्युमा पाँच हजार रुपैयाँ किरिया खर्च दिने कार्यक्रम पनि नगरको नीतिमा समेटिएको छ ।
तेस्रो सन्तान जन्माउनेलाई १० हजार पुरस्कार दिने भीमेश्वर नगरपालिकाको नीति