विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको नागरिक सन्तुष्टि सर्भेक्षण प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि र नगरका कर्मचारीमाझ नगरको नागरिक सन्तुष्टि सर्भेक्षणको नतिजा सार्वजनिक गरिएको हो ।
मोरङ मिडिया एण्ड सर्भिस प्रालिको सहजीकरणमा भएको कार्यक्रममा बताइएअनुसार नगरको सेवा प्रवाहको बारेमा नागरिकले सामान्य प्रतिक्रिया दिएका छन् । सेवा प्रवाहमा धेरै खोट पनि नदेखाएको र धेरै प्रशंसा पनि नगरेको सहजीकरण गर्ने मिडियाले जनाएको छ ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।