Tuesday, December 24, 2024
Homeफिचर१३ बैंकले बैशाखमा घटाए ब्याजदर, ५ वटाको स्थिर, दुइटाको वृद्धि

१३ बैंकले बैशाखमा घटाए ब्याजदर, ५ वटाको स्थिर, दुइटाको वृद्धि

विराटचोकः वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । औसत ब्याजदर सामान्य रुपमा बैंकहरुले घटाएका छन् ।

व्यक्तिगत मुद्दति निक्षेपमा चैत महिनामा औसतमा अधिकतम ७.२५ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले बैशाख महिनामा औसतमा अधिकतम ७.०७ प्रतिशत बिन्दुका दरले ब्याज दिने भएका छन् ।

१३ वाणिज्य बैंकहरुले अधिकतम ब्याजदर घटाएका छन् । ५ बैंकहरुले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकले ब्याजदर बढाएका छन् । संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ०.१३ प्रतिशत बिन्दु घटेको छ ।

२० वाणिज्य बैंकहरुमध्ये एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ । सो बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत निक्षेपमा ७.९७ प्रतिशतका दरले ब्याज दिने भएको छ। त्यस्तै, व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक रहेको छ । सो बैंकले अधिकतममा ५.६६६१ प्रतिशतका दरले ब्याज दिनेछ ।

एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर बढाएका छन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments