Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिआजदेखि नेपालमा नयाँ वर्ष शुरु

आजदेखि नेपालमा नयाँ वर्ष शुरु

विराटचोकः नेपालमा आजदेखि नयाँ वर्ष विक्रम् सम्वत् २०८१ शुरु भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउने गर्छन् ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिनुभएको छ ।

आज नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो ।

नयाँ वर्षमा नेपालमा सार्वजनिक बिदा दिइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments