Wednesday, October 28, 2026
Homeखेलकुद१४६ रनको लक्ष्य दियो पोखराले सुदूर पश्चिमलाई

१४६ रनको लक्ष्य दियो पोखराले सुदूर पश्चिमलाई

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो । पोखराका लागि अर्जुन घर्तीमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा १५ रन जोडे ।

महेदी हसनले सर्वाधिक ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए ।

त्यसअघि तेस्रो ओभरको दोस्रो बलमा ओपनर दिनेश खरेल ७ बलमा ४ रन बनाएर आउट भएका थिए । दिनेश हेमन्त धामीको बलमा आउट हुन पुगेका थिए ।

पहिलो बलमै डिआरएसबाट जोगिएका कुशल १७ बलमा २१ रन बनाएर आउट भए । उनले दुई चौका प्रहार गरे । कुशल दशौं ओभरको पहिलो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा २१ रनमा क्याच आउट भए ।

शाकिब अल हसनले १६ बलमा १४ रनको योगदान दिए । सदिरा समराविक्रमा ८, धनन्जय लक्षन ११ र किरण ठगुन्ना एक रनमा आउट भए । विपिन खत्री ५ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले २३ रन खर्चेर तीन विदेशी खेलाडी महेदी, शाकिब र सदिरालाई बिदाइ गरे ।

हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समा एकएक विकेट लिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments