Monday, December 23, 2024
Homeधर्म र संस्कृतियस्तो छ महाकुम्भमेलाको १ महिने कार्यतालिका

यस्तो छ महाकुम्भमेलाको १ महिने कार्यतालिका

चतराः सुनसरीको चतरामा यही २०८० साल चैत २७ गतेदेखि २०८१ साल बैशाख २८ गतेसम्म महाकुम्भमेला लाग्ने भएको छ । कुम्भमेलामा २ करोड भक्तजनको उपस्थिति हुने आयोजक समितिले अपेक्षा गरेको छ ।

महाकुम्भमेला आयोजक मूल समितिका अनुसार कुम्भमा सप्तकौशिकी महास्नान, पूजा, आरती, शास्त्रार्थ, प्रवचन, रुद्राभिषेक, लघुरुद्राभिषेक, महारुद्राभिषेक, सामुहिक विवाह, व्रतबन्ध र गुन्यूचोली, ग्रहशान्ति, चण्डीपाठ, कालसर्पयोग, मृत्युञ्जयपाठ, जप, श्रीमद्भागवत मूलपाठ पारायण, सांस्कृतिक लोकनृत्य, त्रिपिण्डी, नारायणबली, साहित्यगोष्ठी आदि कार्यक्रम सञ्चालन हुने भएका छन् ।

आयोजक समितिका अनुसार यस्तो छ महाकुम्भमेलाको कार्यतालिकाः
 २०८० चैत २६ गते पिण्डेश्वर महादेव मन्दिर धरानमा विधिवत् पूजा गरी बाजागाजासहित धरान, इटहरी, विराटचोक विराटनगर, दुहवी, इनरुवा प्रकाशपुर चक्रघट्टी जब्दी हुँदै मूल कुम्भघडा कुम्भक्षेत्रमा भित्र्याइने भएको छ ।

२०८० चैत २७ गते बिहान ७ बजे जगद्गुरु महाराजश्री तथा धर्माचार्य, सन्त, भक्त भागवतका साथमा सामूहिक सप्तकौशिकी महास्नान,

११ बजेदेखि उद्घाटन सत्र प्रारम्भ, साँझ ६ बजे लक्ष्यवर्तिका प्रज्ज्वलन,
साँझ ७ बजेबाट सप्तकौशिकी महाआरती,
राति ८ बजेदेखि १० बजेसम्म झाँकी, भजन, लीला प्रदर्शन ।

२०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म प्रतिदिन ६ बजेबाट ११ बजेसम्म विभिन्न यज्ञमण्डपमा पूजन तथा आरती, ११ बजेदेखि ३ बजेसम्म मागत सन्त महन्त, विद्वान, प्रवुद्धवर्गहरुबाट प्रवचन
३ बजेदेखि ५ बजेसम्म पूज्यपाद जगद्गुरु महाराजश्रीबाट आशीर्वचन ।

२०८१ वैशाख १, २, ३, ५, ८, ९, १० र १२ गते विशेष रुद्राभिषेक, लघुरुद्राभिषेक महारुद्राभिषेक गरिनेछ ।

२०८१ वैशाख ६ गते सामूहिक व्रतबन्ध तथा कुम्भमेलाभरि गुन्युचोली गरिने ।

२०८१ वैशाख १ गतेदेखि १२ गतेसम्म सामुहिक विवाह कार्यहरु

कुम्भमेला भरी छेवर (मुण्डन) कार्य, ग्रहशान्ति, चण्डीपाठ, कालसर्पयोग, शतचण्डीपाठ, मृत्युञ्जयपाठ तथा जाप गरिनेछ ।
श्रीमद्भागवत मूलपाठ पारायण गरिने ।
विभिन्न जाति तथा संस्कृतिसँग सम्बन्धित लोकनृत्यहरू प्रस्तुत गरिने

२०८१ वैशाख १, ४, ७, ९, १७, १९, २२, २४ र २६ गते त्रिपिण्डी तथा नारायणबली गरिने

२०८१ वैशाख १, ८, १५ र २२ गते विद्वद्गोष्ठी तथा साहित्य गोष्ठी आयोजना गरिने ।

२०८१ वैशाख १, ११ र २६ गते बिहान ७ बजे बाजागाजासहित सन्त महन्तहरूको समुपस्थितिमा निशान तथा नागा सन्तहरूको साथमा भव्य वराहक्षेत्र धामतर्फ प्रस्थान गरिने ।
त्यसपछि विधिवत् सप्तकौशिकी तथा कोकाहा संगममा महास्नान गरिने ।

२०८१ वैशाख २८ गते बिहान ७ बजे बाजागाजासहित सन्त महन्तहरूको समुपस्थितिमा निशान तथा नागा सन्तहरुको साथमा भव्य तरिकाले चतराधाममा नै महास्नान गरी यज्ञको पूर्णाहूति गरी अवभृथ स्नान पश्चात् पूर्ण महाकुम्भमेलाको समापन गरिने ।

सम्बन्धित समाचारहरूः

पूर्ण महाकुम्भ मेलाको तयारी आइतबार सकिने, मंगलबारदेखि १ महिना चतरामा कुम्भ मेला लाग्ने

चतरामा चैत २७ देखि पूर्ण महाकुम्भ मेला

कुम्भ मेलाको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments