Monday, December 23, 2024
Homeधर्म र संस्कृतिपूर्ण महाकुम्भ मेलाको तयारी आइतबार सकिने, मंगलबारदेखि १ महिना चतरामा कुम्भ मेला...

पूर्ण महाकुम्भ मेलाको तयारी आइतबार सकिने, मंगलबारदेखि १ महिना चतरामा कुम्भ मेला लाग्ने

चतराः सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित प्राचीन हरिद्वार चतराधाममा यही चैत २७ गतेदेखि बैशाख २८ गतेसम्म पूर्ण कुम्भ मेला आयोजना हुने भएको छ ।

बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी अन्तिम चरणमा पुगेको महाकुम्भ मेला मूल आयोजक समितिले जनाएको छ । शुक्रबार चतरामा पत्रकार सम्मेलन समितिले जनाएअनुसार कुम्भमा २ करोड भक्तजन सहभागी हुने अनुमान गरिएको छ । मेला चैत २७ देखि बैशाख २८ गते सम्म लाग्ने छ । मेलामा दर्बिलो सुरक्षा व्यवस्था गरिने आयोजकले जनाएको छ ।

कुम्भमेलाका परिकल्पनाकार तथा नेपालका प्रथम जगद्गुरू बालसन्त मोहनशरण देवाचार्यका अनुसार यसपटकको कुम्भ मेलामा संघ, प्रदेश र स्थानीय सरकारले अपनत्व लिएकाले व्यवस्थापन गर्न सहज हुने अनुमान गरिएको छ ।

मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिका अघि बढेको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

कुम्भ मेलामा कोटीहोम, वेदपाठ , पुराणवाचन, स्वदेश तथा विदेशका जगद्गुरू, शङ्कराचार्यहरू , धर्माचार्यको सहभागिता प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलन लगायतका अन्य विभिन्न माङ्गलिक कार्य हुने भएका छन् ।

पत्रकार सम्मलेनमा अमेरिकाबाट आउनुभएका अन्तर्राष्ट्रिय निम्बार्क आध्यात्मिक परिषद्का धर्माचार्य भागवतशरण महाराजजी र भारतको अयोध्याबाट आउनुभएका केदारदास महाराजजीले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।

पत्रकार सम्मेलनको सञ्चालन सुनिल विहारीशरणले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments